National life

हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|११ असोज २०८३, आइतबार
263Shares
हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता
ncell

काठमाडौं । मनाङस्थित हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १६ जनामध्ये दुई जना पर्वतारोहण गाइड मृत फेला परेका छन् । अझै १४ जना बेपत्ता रहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अनुसार हिमपहिरोमा १४ जना किचेन स्टाफ र दुई जना पर्वतारोहण गाइड बेपत्ता भएका थिए । उनीहरू विभिन्न कम्पनीमार्फत हिमलुङ हिमाल आरोहणका लागि पुगेका थिए ।

Royal Enfield
nic asia capital

मृत फेला परेका दुई गाइडको पहिचान भने खुलाइएको छैन । घटनास्थलमा खोज तथा उद्धारका लागि एसोसिएसनको टोली प्रभु हेलिकप्टरमार्फत पुगेको छ ।

एसोसिएसनका अनुसार मिङ्मा जी, पासाङकाजी शेर्पा, आशिष गुरुङ र पेम्बाछिरिङ शेर्पासहितको टोलीले घटनास्थलमा खोज तथा उद्धार कार्य जारी राखेको छ । थप चार जना उद्धारकर्मीलाई समेत घटनास्थलतर्फ पठाउने तयारी भइरहेको जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
263SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?