National life

भृकुटीमण्डपमा आजदेखि घरजग्गा तथा निर्माण प्रदर्शनी

नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।

max lubricant tata
Aarthik voice
Aarthik voice
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
988Shares
भृकुटीमण्डपमा आजदेखि घरजग्गा तथा निर्माण प्रदर्शनी
ncell

काठमाडौं । नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले बिहान १०ः३० बजे गर्ने कार्यक्रम छ।

असोज १ देखि ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहनेछन्। घरजग्गा विकासकर्ता, निर्माण सामग्री उत्पादक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, इन्जिनियरिङ तथा वास्तुकला परामर्शदाता र प्रविधिसम्बन्धी कम्पनी सहभागी हुँदैछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, निर्माण सामग्रीसँगै सौर्य ऊर्जा, वर्षाको पानी संकलन, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्मार्ट प्रविधि तथा प्रिफ्याब निर्माणका विकल्प राखिनेछन्।

आयोजकका अनुसार भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री आवास निर्माणबारे विज्ञबाट निःशुल्क परामर्शसमेत उपलब्ध हुनेछ। जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार र सुरक्षित बस्तीका विषयमा प्यानल छलफल पनि आयोजना गरिनेछ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित आयोजना गरिएको प्रदर्शनीमा करिब ६५ हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ। प्रदर्शनीसँगै स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
988SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?