National life

जुवातास खेल्ने ५ जना प्रहरी नियन्त्रणमा, २ लाख २ हजार बरामद

किरियापुत्री बसेको घर खोज्दै जुवा खेल्ने समूह पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१३ दिन अगाडि|२१ भदौ २०८३, आइतबार
893Shares
जुवातास खेल्ने ५ जना प्रहरी नियन्त्रणमा, २ लाख २ हजार बरामद
ncell

काठमाडौं । बाँकेको कोहलपुरमा किरियापुत्री बसेको घरमा जुवा खेलिरहेको आरोपमा ५ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट २ लाख २ हजार ४४५ रुपैयाँ नगदसमेत बरामद गरेको छ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१२ का ३६ वर्षीय धनबहादुर परियार, ३८ वर्षीय चन्द्रबहादुर बस्याल, ५६ वर्षीय बेलबहादुर डाँगी, ३६ वर्षीय राम गुरुङ र बैजनाथ गाउँपालिका–४ का ४३ वर्षीय कुलबहादुर वली रहेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट इन्स्पेक्टर कमल थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीका अनुसार पछिल्लो समय बाँकेमा किरियापुत्री बसेको घरलाई जुवा खेल्ने स्थलका रूपमा प्रयोग गर्ने प्रवृत्ति देखिएको छ। जुवा खेल्ने समूहले किरियापुत्री बसेको घर खोज्दै त्यहाँ जुवातास खेल्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
893SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?