National life

कामना सेवाको बलियो वित्तीय प्रदर्शन, आम्दानी र नाफा दुवैमा वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०३ साउन २०८३, आइतबार
911Shares
कामना सेवाको बलियो वित्तीय प्रदर्शन, आम्दानी र नाफा दुवैमा वृद्धि
ncell

काठमाडौं। कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नाफामा उल्लेख्य वृद्धि गर्दै ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ६६ करोड ९७ लाख रुपैयाँ रहेको थियो, जसको तुलनामा यस वर्ष ३३.५१ प्रतिशतले वृद्धि देखिएको छ।

सार्वजनिक गरिएको विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सञ्चालनतर्फ बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ कायम भएको छ भने प्रतिशेयर आम्दानी २२.७५ रुपैयाँ पुगेको छ। ४ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड रुपैयाँ सञ्चित रहेको छ।

यस्तै, बैंकको निष्क्रिय कर्जा अनुपात ३.७७ प्रतिशत पुगेको विवरणमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
911SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?