काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गत रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदका लागि दरखास्त आह्वान गरिएको छ। छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धामार्फत उक्त पद पूर्ति गर्ने निर्णय गर्दै आवेदन माग गरेको हो।
कोषको प्रशासक बन्नका लागि कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ६क अनुसार योग्यता तथा अनुभव पुगेको हुनुपर्नेछ। साथै अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ४ अनुसार अयोग्य नठहरिएको व्यक्ति मात्र योग्य मानिनेछ।
इच्छुक तथा योग्य उम्मेदवारले आवश्यक कागजातसहित असार २२ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ।





































