National life
cg eloctronics

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : ओली

‘हाम्रो गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली हो। समाजवाद भनेको यही हो’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१४ असार २०८३, आइतबार
1.5kShares
हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : ओली
ncell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ओलीले जननेता मदन भण्डारीले छोटो समयमै नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदान दिएको बताए।

‘उहाँको जीवनकाल छोटो रह्यो। छोटो समयमै उहाँले असाधारण काम गर्नुभयो र इतिहासलाई प्रभावित पार्नुभयो,’उनले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ओलीले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासन पतनपछि विश्वभर कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गरे।

‘त्यस्तो अवस्थामा हामीले जनताको बहुदलीय जनवादको प्रकाशमा एउटा बाटो लियौँ,’ उनले भने।

उनले एमालेका नीति सही रहेको दाबी गर्दै पार्टी कुनै विचार वा नीति परिवर्तन गर्न एकता–एकीकरणको छलफलमा नरहेको बताए।

उनले भने,‘हाम्रा नीतिहरू बिल्कुल सही छन्। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा सही नीति निर्धारण गरेका छौं ।’

ओलीले एमालेको गन्तव्य ’समृद्ध नेपाल, सुखी नेपाली’ भएको उल्लेख गर्दै त्यसलाई नै समाजवादको व्यावहारिक स्वरूपका रूपमा व्याख्या गरे।

‘हाम्रो गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली हो। समाजवाद भनेको यही हो,’ उनले बताए।

उनले वर्तमान सरकार प्रतिगमनको उपज भएको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यका साथ वैधानिक सरकार हटाइएको दाबी गरे।

ओलीले एमालेविरुद्ध झुटा प्रचार, अफवाह र चरित्रहत्या गरेर जनतामा भ्रम सिर्जना गरिएको आरोप पनि लगाए। 

‘हामीले देश बर्बाद पारेका होइनौँ। झुटा प्रचार गरेर हामीलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने काम गरियो । हामी अहिले लडेका छौँ, तर मरेका होइनौँ। फेरि उठ्छौँ, प्रतिगमनवादीहरूसँग लड्छौँ र पराजित गर्छौँ। हाम्रो विजय अवश्यंभावी छ,“ उनले भने।

उनले वर्तमान सरकारले संविधानविपरीत अध्यादेश ल्याएको, श्रमिक अधिकार कमजोर बनाएको तथा राष्ट्रिय हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गरे।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?