काठमाडौँ । नारायणी नदीले बगाएर पुलको पिलरमा अड्काएको ‘राइनो क्रुज’लाई सुरक्षित रूपमा बाहिर निकाल्ने विषयमा छलफल भइरहेको छ।
सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार पुललाई कुनै पनि किसिमको क्षति नपुग्ने गरी सावधानीपूर्वक क्रुज निकाल्ने तयारी भइरहेको हो। पिलरमा अड्किएको क्रुजका कारण जोखिम बढेपछि केही समय सतर्कता अपनाइए पनि हाल नारायणी पुलमा सवारीसाधनको आवतजावत भने पुनः सुचारु भइसकेको छ।
प्राविधिक टोलीले पुलको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर क्रुजलाई सुरक्षित स्थानमा लैजाने उपायहरूबारे अध्ययन र समन्वय गरिरहेको छ।
































