National life
cg eloctronics

लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र WWF नेपालबीच सहकार्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|०४ साउन २०८३, सोमबार
1.7kShares
लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र WWF नेपालबीच सहकार्य
muktinatha bikash bank

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतिहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान The Goal is Green कार्यान्वयनका लागि WWF नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।

यस अभियान अन्तर्गत FIFA World Cup 2026 का सम्पूर्ण खेलमा हुने प्रत्येक गोल बराबर एक वटा रूख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो। विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै बैंकले नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

The Goal is Green ले विश्वव्यापी खेलकुदको रोमाञ्चलाई स्थानीय स्तरको जलवायु तथा वातावरणीय संरक्षणसँग जोड्ने लक्ष्मी सनराइज बैंकको सोचलाई प्रतिबिम्बित गर्छ। आकारका हिसाबले यो अभियान सीमित भए पनि वैज्ञानिक आधारमा योजना बनाई स्थानीय समुदायसँगको सहकार्यमा कार्यान्वयन गर्दा निजी क्षेत्रको लगानीले वातावरणीय पुनःस्थापनामा प्रभावकारी योगदान दिन सक्ने उदाहरणका रूपमा यसलाई लिइएको छ।

यस सहकार्यअन्तर्गत WWF नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षण क्षेत्रमा हासिल गरेको लामो अनुभव र विशेषज्ञताको आधारमा WWF नेपालले लक्ष्मी सनराइज बैंकलाई आफ्नो स्थानीय संरक्षण साझेदार Kamdi CFCC सँग जोडेको हो।

everest bank

Kamdi CFCC ले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ भने WWF नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थिति अनुकूल पुनःस्थापना सम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ, जसले अभियानको दीर्घकालीन वातावरणीय प्रभाव सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ।

लक्ष्मी सनराइज बैंकको दिगोपनप्रतिको प्रतिबद्धता WWF नेपालको प्राविधिक दक्षता तथा Kamdi CFCC को समुदायमा आधारित संरक्षण अनुभवलाई एकीकृत गर्दै The Goal is Green अभियानले विद्यमान संरक्षण प्रयासहरूलाई थप सशक्त बनाउने, जैविक विविधताको संरक्षणमा योगदान पुर्‍याउने तथा वन संरक्षणमा समुदायको दीर्घकालीन सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

यस साझेदारीबारे लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भन्नुभयोः

"लक्ष्मी सनराइज बैंकमा दिगोपन केवल हाम्रो रणनीतिक प्राथमिकता मात्र होइन, दीर्घकालीन मूल्य सिर्जनाको आधार पनि हो। The Goal is Green अभियानले सामूहिक उत्साहलाई सार्थक जलवायु अभियानमा रूपान्तरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वासलाई उजागर गर्छ। FIFA World Cup 2026 मा हुने प्रत्येक गोल बराबर एक रूख रोप्ने हाम्रो प्रतिबद्धता मार्फत नेपालका लागि दीर्घकालीन वातावरणीय योगदान गर्ने अपेक्षा गरेका छौं। WWF नेपालको संरक्षणसम्बन्धी विशेषज्ञता र समुदायसँगको अनुभवले यस अभियानलाई प्रभावकारी र दिगो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं।"

पारिस्थितिकीय पुनःस्थापनामा वैज्ञानिक दृष्टिकोणको महत्त्वबारे प्रकाश पार्दै WWF नेपालका Country Representative डा. घनश्याम गुरुङले भन्नुभयोः

"वन पुनःस्थापना भनेको केवल रूख रोप्नु मात्र होइन। उपयुक्त स्थानमा उपयुक्त रैथाने प्रजातिका बिरुवा रोप्नु र तिनको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्नु पनि त्यत्तिकै आवश्यक छ। यस्ता साझेदारीहरूले निजी क्षेत्रको लगानीलाई समुदायमा आधारित संरक्षणसँग जोड्दै प्रकृति, समुदाय र भविष्यका लागि दीर्घकालीन लाभ सिर्जना गर्न सक्ने सम्भावना देखाउँछन्।"

 यस सहकार्यप्रति आभार व्यक्त गर्दै काम्दी सामुदायिक वन समन्वय समिति Kamdi CFCC का अध्यक्ष महेन्द्र शाहीले भन्नुभयोः

"लक्ष्मी सनराइज बैंक र WWF नेपालसँगको यो सहकार्यले जैविक मार्ग corridor पुनःस्थापना सम्बन्धी हाम्रो प्रयासलाई थप बल पुर्‍याउनेछ र स्थानीय समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास लिएका छौं। यसका लागि हामी दुवै संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछौं।"

The Goal is Green अभियानमार्फत लक्ष्मी सनराइज बैंकले दिगोपन केवल आफ्ना वित्तीय सेवा वा उत्पादनमा सीमित नरही सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग पनि प्रत्यक्ष रूपमा जोडिएको सन्देश दिन खोजेको छ। विश्वकै प्रतिष्ठित खेल प्रतियोगितालाई समुदायमा आधारित वातावरणीय पुनःस्थापनासँग जोड्दै बैंकले ग्राहक, व्यवसाय र समुदायलाई सामूहिक जलवायु अभियानमा सहभागी हुन प्रेरित गर्नुका साथै नेपालको दीर्घकालीन वातावरणीय सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

FIFA World Cup 2026 सम्पन्न भएसँगै प्रतियोगिता भर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने आफ्नो प्रतिबद्धता लक्ष्मी सनराइज बैंकले पूरा गर्दै प्रत्येक गोललाई नेपालको हरित भविष्यसँग जोड्ने काम गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?