National life

वित्तीय उपकरण थपिए कारोबार गराउन नेप्से सक्षम : सुवेदी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१४ असोज २०८३, बुधबार
365Shares
वित्तीय उपकरण थपिए कारोबार गराउन नेप्से सक्षम : सुवेदी
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले नियम तथा विनियमावलीले व्यवस्था गरेका सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताएका छन्।

अर्थ समितिमा भएको पुँजी बजारसम्बन्धी छलफलमा सुवेदीले नेप्सेले हाल इक्विटी, म्युचुअल फन्ड, डिबेन्चरलगायतका वित्तीय उपकरणको कारोबार गराउँदै आएको जानकारी दिए। उनका अनुसार नेप्सेले ओभर द काउन्टर (ओटीसी) बजारसमेत सञ्चालन गरिरहेको छ।

पछिल्लो समय मार्जिन कारोबारसमेत सञ्चालनमा आएको र विभिन्न ब्रोकर कम्पनीले मार्जिन लेन्डिङ कारोबार सुरु गरिसकेको उनले बताए।

Royal Enfield
nic asia capital
लगानीकर्ताको मागअनुसार ‘आफ्टर मार्केट अर्डर’ सुविधा पनि कार्यान्वयनमा आइसकेको उनको भनाइ छ।

सुवेदीले नियम तथा विनियमावलीले व्यवस्था गरेका वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न नेप्सेमा आवश्यक क्षमता रहेको बताए।

उनका अनुसार नयाँ वित्तीय उपकरण ल्याउने विषय भने नीतिनिर्माणसँग सम्बन्धित छ। यस्तो नीति मुख्यतः नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्थ मन्त्रालयले तय गर्ने भएकाले सम्बन्धित निकायबाट बनेका नीति कार्यान्वयन गर्ने जिम्मेवारी नेप्सेको हुने उनले स्पष्ट पारे।

‘नयाँ वित्तीय उपकरण ल्याउने विषय नीतिसँग जोडिएको विषय हो। नीति निर्माण मुख्यतः नेपाल धितोपत्र बोर्ड वा अर्थ मन्त्रालयले गर्ने विषय हो। सम्बन्धित निकायहरूले बनाएको नीति हामीले कार्यान्वयन गर्नैपर्छ,’ उनले भने।

नयाँ वित्तीय उपकरणका विषयमा सेबोनसँग समन्वय भइरहेको जानकारी दिँदै सुवेदीले आगामी दिनमा थप उपकरण सञ्चालनमा आए त्यसलाई कार्यान्वयन गर्न नेप्से तयार रहेको बताए।

मार्जिन लेन्डिङमा विभिन्न ब्रोकर कम्पनीले फरक–फरक शुल्क वा मूल्य निर्धारण गरेको विषयमा पनि नेप्सेले निरीक्षण गर्ने सुवेदीले बताए।

नेप्सेले तयार गरेको मार्जिन कारोबारसम्बन्धी कार्यविधिअनुसार ब्रोकर कम्पनीहरूले कारोबार गरिरहेका छन् कि छैनन् भन्ने विषयमा निरीक्षण गरिने उनको भनाइ छ।

नेप्सेको अनलाइन कारोबार प्रणालीको स्वामित्वसम्बन्धी प्रश्नमा सुवेदीले प्रणाली नेप्सेकै सम्पत्ति रहेको स्पष्ट पारे।

सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार प्रणालीको मर्मतसम्भारका लागि बोलपत्र आह्वान गरी कम्पनी छनोट गरिएको उनले बताए। कम्पनी छनोट हुनु प्रणालीको स्वामित्व हस्तान्तरण हुनु नभएको उनको भनाइ छ।

‘यसको स्वामित्व नेप्सेकै हो। प्रणालीको मर्मतसम्भारका लागि नेप्सेले सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम बोलपत्र आह्वान गरेको थियो। त्यसको स्वामित्व, स्रोत कोडदेखि सम्पूर्ण सञ्चालनसम्बन्धी अधिकार नेप्सेकै हुन्छ,’ उनले भने।

ब्रोकर कम्पनीलाई प्रणालीमा लगइन गर्न प्रयोगकर्ता नाम र पासवर्ड उपलब्ध गराउने तथा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सँग जोडिन आवश्यक पहुँच नेप्सेले प्रदान गर्ने सुवेदीले बताए।

टीएमएस सञ्चालनको जिम्मेवारी भने सम्बन्धित ब्रोकर कम्पनीकै हुने उनले स्पष्ट पारे।

सुवेदीले बजारको आवश्यकता र प्रचलित नियम, विनियम तथा कार्यविधिअनुसार नेप्सेले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको बताए।

यो समाचार शेयर गर्नुहोस्
365SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?