National life
cg eloctronics

लायन्स क्लब अफ काठमाडौँ प्लानेटद्वारा वृक्षारोपण, सरसफाइ तथा फेलोसिप कार्यक्रम सम्पन्न

मनमैजु डाँडागाउँ क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१७ असार २०८३, बुधबार
1.3kShares
लायन्स क्लब अफ काठमाडौँ प्लानेटद्वारा वृक्षारोपण, सरसफाइ तथा फेलोसिप कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ प्लानेट (LCK Planet) ले सकारात्मक परिवर्तन र सामाजिक सेवाको संकल्पका साथ नयाँ लायन वर्ष २०२६/२७ को भव्य सुरुवात गरेको छ। "सकारात्मक परिवर्तनका बिरुवा रोपेर एउटा ऐतिहासिक वर्षको सुरुवात गरौँ र एकजुट भई सेवाको नयाँ गर्जन गुञ्जाऔँ" भन्ने नाराका साथ क्लबले बुधबार दुई विशेष चरणमा कार्यक्रमहरू सम्पन्न गरेको हो।

कार्यक्रमको पहिलो चरण अन्तर्गत बिहान ठीक ७:०० बजे मनमैजु डाँडागाउँमा वातावरणीय सचेतना एवं 'समृद्धिको सुरुवात' वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भयो। प्रकृतिलाई हरियाली उपहार दिँदै समुदायमा वातावरणीय चेतना जगाउने र सरसफाइको महत्त्वबारे नागरिकलाई सचेत गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले मनमैजु डाँडागाउँ क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस विशेष अभियानमा लायन्स डिस्ट्रिक्टका सम्पूर्ण क्लबहरूको सहभागिता र ऐक्यबद्धता रहोस् भन्ने उद्देश्यका साथ डिस्ट्रिक्टका अन्य क्लबका प्रतिनिधिहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो। आगामी दिनमा वातावरणीय मुद्दाहरूमा डिस्ट्रिक्टका सबै क्लबहरू एकजुट भएर लाग्नुपर्ने सन्देश यस कार्यक्रमले दिएको छ।

कार्यक्रममा डिस्ट्रिक्टको वातावरणीय सचेतना विभागका पदाधिकारी डिस्ट्रिक्ट कोअर्डिनेटर लायन सुदर्शन फुयाँल लगायतका लायन्स अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो। डिस्ट्रिक्टका यी जिम्मेवार पदाधिकारीहरूको उपस्थितिले कार्यक्रममा थप उर्जा र ऐक्यबद्धता थपेको थियो।

त्यसैगरी, कार्यक्रमको दोस्रो चरण अन्तर्गत बिहान ९:०० बजे दियालो फुड ल्याण्ड, शेषमतीमा 'एकता र उर्जा' क्लब चियरिङ तथा फेलोसिप कार्यक्रम आयोजना गरियो। चियापानसहित आयोजित उक्त फेलोसिपमा डिस्ट्रिक्टका विभिन्न क्लबका प्रतिनिधि एवं एलसिके प्लानेटका सदस्यहरूबीच आगामी वर्ष वातावरण संरक्षण र अन्य सेवामूलक कार्यहरूलाई कसरी संयुक्त रूपमा अगाडि बढाउने भन्ने विषयमा वृहत् छलफल भएको थियो।

कार्यक्रममा डिस्ट्रिक्टका पदाधिकारीहरू, क्लबका सम्पूर्ण पदाधिकारी एवं आदरणीय लायन्स साथीहरूको गरिमामय उपस्थिति रहेको थियो। हाम्रो सानो प्रयासले पनि पर्यावरण र समाजमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश यस कार्यक्रमले दिएको छ।

कार्यक्रमको सफलतापूर्वक समापन गर्दै क्लबकी सचिव लायन संगिता कार्की कुँवरले वातावरणीय सचेतना र वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका डिस्ट्रिक्टका सम्पूर्ण क्लबका प्रतिनिधि एवं लायन्स साथीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले लायन वर्ष २०२६/२७ लाई गौरवशाली र अविस्मरणीय बनाउन आगामी दिनमा पनि यस्तै सामूहिक एकता र ऊर्जाको अपेक्षा राख्नुभयो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?