National life
cg eloctronics

जनसहभागिता उकालो, मधेश मुक्ति अभियानको प्रभाव बढ्दो

विशेषगरी मधेशको भविष्य, अधिकार, पहिचान र आत्मनिर्णयका मुद्दामा सहभागीहरूले आफ्ना धारणा राख्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२१ असार २०८३, आइतबार
1.2kShares
जनसहभागिता उकालो, मधेश मुक्ति अभियानको प्रभाव बढ्दो
ncell

सर्लाही । मधेश मुक्ति अभियानद्वारा सर्लाही जिल्लाको कौडेना गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०८३ असार २० गते सम्पन्न उक्त कार्यक्रममा अपेक्षाभन्दा निकै ठूलो जनसहभागिता देखिएको थियो।

कार्यक्रमको अध्यक्षता अमित कुमार चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा आर. पी. सिंहको उपस्थिति रहेको थियो। प्रारम्भिक रूपमा करिब १०० जनाको सहभागिता रहने अनुमान गरिएको कार्यक्रममामा ५०० भन्दा बढी नागरिकको उल्लेखनीय उपस्थिति देखिएको आयोजकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अप्रत्याशित भीडका कारण केही समय व्यवस्थापन चुनौतीपूर्ण बने पनि कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै निर्धारित उद्देश्यअनुसार सफलतापूर्वक सम्पन्न गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले मधेशका समसामयिक राजनीतिक, सामाजिक तथा राष्ट्रिय विषयमा गहन छलफल गरेका थिए। विशेषगरी मधेशको भविष्य, अधिकार, पहिचान र आत्मनिर्णयका मुद्दामा सहभागीहरूले आफ्ना धारणा राख्दै बहसलाई सार्थक बनाएका थिए।

अभियानका संयोजक आश्विनी कुमार मधेसीको नेतृत्वमा सञ्चालन भइरहेको यस अभियानले मधेशका मुद्दाहरूलाई संगठित रूपमा अघि बढाउने लक्ष्य राखेको छ। कार्यक्रममार्फत अभियानप्रति जनचासो र समर्थन बढ्दो रूपमा देखिएको आयोजकहरूको भनाइ छ।

यसैबीच, अभियानका प्रवक्ता भागिरथ जीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहभागी, स्थानीयवासी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?