National life

मलेसियाली प्रधानमन्त्रीसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, श्रमिकको शोषण रोक्न जोड

‘सिन्डिकेट र बिचौलियातन्त्र कुनै हालतमा स्वीकार्य छैन’ : प्रधानमन्त्री शाह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०६ असोज २०८३, मङ्गलबार
360Shares
मलेसियाली प्रधानमन्त्रीसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, श्रमिकको शोषण रोक्न जोड
ncell

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोनमार्फत विशेष छलफल गरेका छन्। आज बिहान भएको वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल भएको हो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथाप्रति नेपाल सरकारको असहमति स्पष्ट रूपमा राखेका छन्। उनले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति नेपाली श्रमिकको हितविपरीत रहेकाले यसको स्थायी समाधान आवश्यक रहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री शाहले भने, “हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ।”

उनले समस्या समाधानका लागि दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष छलफल गराई आवश्यक कदम चाल्न मलेसियाली प्रधानमन्त्री इब्राहिमलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको आफू विरोधी रहेको बताएका छन्।

उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी ठोस निकास खोज्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

“यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,” मलेसियाली प्रधानमन्त्री इब्राहिमले भने।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
360SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?