काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष कुमार मिश्र सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।
सर्लाही–४ मा सम्पन्न क्षेत्रीय अधिवेशन प्रक्रियाबाट मिश्र महाधिवेशन प्रतिनिधिका रूपमा सर्वसम्मत चयन भएका हुन्।
पार्टीको केन्द्रीय नेतृत्वमा समेत रहेका मिश्र आगामी महाधिवेशनमा सर्लाही–४ बाट प्रतिनिधित्व गर्ने भएका छन्।
मिश्र लामो समयदेखि नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्। क्षेत्रीय अधिवेशनबाट उनको नाममा सर्वसम्मति जुटेसँगै महाधिवेशन प्रतिनिधिका रूपमा उनको प्रतिनिधित्व सुनिश्चित भएको हो।


































