National life

मनोहरा खोलामा पानीको वहाब बढ्यो, एमाले पार्टी कार्यालय डुबानको जोखिममा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ असोज २०८३, शुक्रबार
400Shares
मनोहरा खोलामा पानीको वहाब बढ्यो, एमाले पार्टी कार्यालय डुबानको जोखिममा
ncell

ललितपुर । मनोहरा खोलामा आएको बाढीका कारण ललितपुरको च्यासल क्षेत्र बढी प्रभावित देखिएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडि पानीको बहाव बढेको छ ।

लगातारको वर्षाका कारण मनोहरा खोला र वागमती नदीमा पानीको सतह बढ्दै गएको हो। पानी खोलाको किनारा नाघ्ने अवस्थामा पुगेको छ ।

Royal Enfield
nic asia capital
वर्षा अझै नरोकिएकाले पानीको बहाव थप बढ्दै गएको छ।

बाढीको पानी बढेसँगै च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयसमेत डुबानको जोखिममा परेको छ । गत वर्ष पनि मनोहरा खोलामा आएको बाढी पार्टी केन्द्रीय कार्यालय परिसरमा पस्दा कार्यालय डुबानमा परेको थियो । 

वर्षा निरन्तर भइरहेकाले च्यासल क्षेत्रका बासिन्दा तथा आसपासका संरचनामा समेत बाढीको जोखिम बढेको छ । सुरक्षा निकायले तटीय क्षेत्रमा माइकिङ गरेर सचेत रहन आग्रह गरेको छ । 

यो समाचार शेयर गर्नुहोस्
400SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?