National life

पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२३ जेठ २०८३, शनिबार
1.3kShares
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान
ncell

काठमाडौं। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुनुका साथै कतिपय स्थानमा वर्षा हुने सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशको हिमाली र पहाडी भू(भागका केही स्थानमा तथा तराई भूभागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

यसैगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज राति कोशी प्रदेशसहित देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू(भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। 

महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा केही तथा अन्य तराई भेगमा साधारणतया बदल रहने तथा बागमती र गण्डकी प्रदेश पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। 

तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र रहने वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न मौसमविद्हरूले सुझाव दिएका छन्। तराई क्षेत्रमा तापक्रम बढ्ने भएका आवश्यक सर्तकता अपनाउन तथा मौसमविद्को सुझाव पालना गर्न महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?