National life

म्याक्स टाइगरको ‘दशैं धमाका’: कार, मोटरसाइकल र स्कुटर जित्ने अवसर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१७ असोज २०८३, शनिबार
317Shares
म्याक्स टाइगरको ‘दशैं धमाका’: कार, मोटरसाइकल र स्कुटर जित्ने अवसर
ncell

काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैंलाई लक्षित गर्दै कार, मोटरसाइकल र स्कुटर जित्ने अवसरसहित ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ।

अभियानअन्तर्गत कुल ३७ जना उपभोक्ताले सवारीसाधन पुरस्कार पाउने कम्पनीले जनाएको छ।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले उक्त अभियान घोषणा गरेको हो। चाडपर्वका अवसरमा उपभोक्तासँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीको भनाइ छ।

Royal Enfield
nic asia capital

योजनाअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन्। बम्पर पुरस्कारका रूपमा एक जना विजेताले प्रोटोन कार पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभियानका लागि विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिनेछ। त्यस्ता क्यान प्राप्त गर्ने उपभोक्ता नै सम्बन्धित पुरस्कारका विजेता बन्नेछन्। देशभरका उपभोक्तामाझ अभियान पुर्‍याउन पुरस्कारयुक्त क्यान वितरणको तयारी गरिएको कम्पनीले जानकारी दिएको छ।

म्याक्स टाइगरले चाडपर्वको समयमा आफ्ना उत्पादनसँगै उपभोक्तालाई पुरस्कार जित्ने अवसर उपलब्ध गराउन खोजेको जनाएको छ। दशैंको किनमेल र उत्सवसँग अभियानलाई जोड्दै उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
317SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?