National life

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
८ दिन अगाडि|२६ भदौ २०८३, शुक्रबार
826Shares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग
ncell

काठमाडौं । मोन्भिसो नेपाल फाउन्डेसनले भोटेकोसी नदीको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । 

भदौ १० गते आएको भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा र कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । 

चेक हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीसमेत सहभागी थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फाउन्डेसनले आर्थिक सहयोगमा मात्र सीमित नरही बाढी प्रभावितका लागि थप ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने तयारीसमेत गरेको छ ।

त्यस्तै, भोटेकोसी बाढीमा आफ्ना परिवारका सदस्य गुमाएका सोलुखुम्बुका पीडित परिवारलाई थप १० लाख रुपैयाँ सहयोग गर्ने फाउन्डेसनले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
826SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?