National life

कांग्रेसभित्र बदलिँदै समीकरण, शेखरनिकट नेताहरू नै महाधिवेशन प्रक्रियामा जाने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
859Shares
कांग्रेसभित्र बदलिँदै समीकरण, शेखरनिकट नेताहरू नै महाधिवेशन प्रक्रियामा जाने
ncell

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको समीकरण फेरिँदै जाँदा नेता डा. शेखर कोइरालानिकट नेताहरूबीच मतभेद देखिएको छ। कोइराला आफैँ महाधिवेशन प्रक्रियामा सहभागी नहुने र तटस्थ भूमिकामा रहने अवस्थामा उनका समूहका केही नेता भने सभापति गगन थापाले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा छन्।

पूर्वउपसभापति धनराज गुरुङसहितका नेताहरू महाधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा रहेको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गुरुङसँगै किरण यादव, चन्द्रमोहन यादव, कृष्णचन्द्र नेपाली, दीपक गिरी र रुक्मिणी कोइरालालगायत नेताहरू सहभागी हुने बताइएको छ।

यसअघि शेखर कोइरालाले पार्टीभित्रको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने धारणा राख्दै आफू समन्वयकारी भूमिकामै रहने संकेत गरेका थिए। पछिल्ला दिनमा कोइराला र थापाबीच पार्टी एकता तथा महाधिवेशनका विषयमा छलफलसमेत भएको छ। थापाले कोइरालाले अघि सारेका पाँचबुँदे प्रस्ताव स्वीकार गरेको बताएका छन्।

यता, शेखरनिकट रहेका बद्री पाण्डे र अन्य केही नेताहरूले भने महाधिवेशन प्रक्रियामा सहभागी हुनेबारे तत्काल निर्णय गरिसकेका छैनन्। पाण्डेले कोइरालाको निर्णय पर्खिरहेको समाचारमा उल्लेख छ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका अघि बढाइएको छ। महाधिवेशन नजिकिँदै गर्दा पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूको ठूलो हिस्सा पनि थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुनेतर्फ गएको समाचारहरू सार्वजनिक भएका छन्।

यससँगै कांग्रेसभित्र महाधिवेशनलाई लिएर विभिन्न समूहका नेताहरूको सहभागिता र भूमिकामा परिवर्तन देखिएको छ। कोइरालाले भने तत्काल कुनै पक्षमा नलागी समन्वयको भूमिका कायम राख्ने धारणा अघि सारेका छन्।

यो समाचार शेयर गर्नुहोस्
859SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?