National life

एनआईसी एशिया क्यापिटलका नयाँ अफर: निःशुल्क डिम्याटदेखि आजीवन नवीकरणसम्म

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०७ साउन २०८३, बिहिबार
1KShares
एनआईसी एशिया क्यापिटलका नयाँ अफर: निःशुल्क डिम्याटदेखि आजीवन नवीकरणसम्म
ncell

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै आफ्ना सेवाहरूलाई अझै डिजिटल र सहज बनाएको जनाएको छ।

क्यापिटलले पछिल्लो समय प्रविधिको प्रयोग बढाउँदै डिम्याट र मेरो सेयरसम्बन्धी अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराउँदै आएको छ। साथै, एनआईसी एशिया बैंक लिमिटेडका शाखामार्फत पनि खाता खोल्ने, नवीकरण गर्ने लगायत सेवा लिन सकिने व्यवस्था गरिएको छ।

ग्राहकलाई सहज, सुलभ र ग्राहकमुखी सेवा दिने लक्ष्यसहित क्यापिटलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ।

Royal Enfield
nic asia capital

योजना अन्तर्गत नयाँ ग्राहकले निःशुल्क डिम्याट खाता खोल्न पाउने र पहिलो वर्षको नवीकरण शुल्कमा छुट दिइनेछ। विद्यार्थी लक्षित विशेष योजनामा निःशुल्क डिम्याट र मेरो सेयर खाता उपलब्ध गराइनेछ भने उनीहरूलाई लगानीतर्फ आकर्षित गर्ने उद्देश्य राखिएको छ।

त्यसैगरी, सीमित अवधिका लागि एकमुष्ट शुल्क तिरेर आजीवन डिम्याट तथा मेरो सेयर खाता नवीकरण गर्ने सुविधा पनि ल्याइएको छ। साथै, बैंक खातासँग लिंक गरेर डिम्याट खाता खोल्ने ग्राहकलाई थप छुट र सेवा उपलब्ध गराइने क्यापिटलले जनाएको छ।

कम्पनीका अनुसार “लाइनमा होइन, अनलाइनमा” भन्ने अवधारणासहित अधिकांश सेवा वेब प्लेटफर्ममार्फत सजिलै लिन सकिने व्यवस्था गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?