National life
cg eloctronics

‘पेट्रोल छैन’ भन्दै पम्प बन्द, आपूर्तिमा अस्थायी समस्या

यसकै प्रभाव स्वरूप बजारमा आपूर्ति प्रभावित भएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१७ असार २०८३, बुधबार
1.2kShares
‘पेट्रोल छैन’ भन्दै पम्प बन्द, आपूर्तिमा अस्थायी समस्या
ncell

काठमाडौँ । राजधानीमा ‘पेट्रोल छैन’ का बोर्ड एकपछि अर्को पम्पमा देखिन थालेपछि उपभोक्ता अन्योलमा परेका छन्, मूल्य घट्ने हल्लाबीच पम्पहरूले इन्धन नउठाउँदा बजारमा अकस्मात अभाव सिर्जना भएको छ।

नेपाल आयल निगमले मंगलबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँ घटाएपछि यस्तो अवस्था आएको हो। स्वचालित मूल्य प्रणालीअनुसार महिनाको १५ र अन्तिम दिन मूल्य समायोजन गरिँदै आएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने संकेत देखिएपछि घाटा हुन सक्ने डरले केही पम्पहरूले डिपोबाट इन्धन उठाउनै छाडेका थिए। यसकै प्रभाव स्वरूप बजारमा आपूर्ति प्रभावित भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अभाव देखिएपछि निगमले काठमाडौँ उपत्यकामा तीन वटा अनुगमन टोली खटाएको छ। इन्धन नबेचेको वा पम्प बन्द गरेको पाइए कारबाहीस्वरूप सिल गर्ने निर्देशन दिइएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार तत्काल केही समस्या देखिए पनि छिट्टै आपूर्ति सामान्य हुने अपेक्षा गरिएको छ। उनका अनुसार आवश्यक मात्रामा इन्धन उपलब्ध रहेकाले आत्तिनुपर्ने अवस्था छैन।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपाली बजारमा अझै पूर्ण रूपमा त्यसको प्रभाव नदेखिएको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?