National life

बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ घण्टा अगाडि|०८ असोज २०८३, बिहिबार
596Shares
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग
ncell

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै प्याब्सनले उक्त जानकारी गराएको हो । 

प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले भाद्र ११ गतेदेखि देशभरका सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकबाट राहत रकम संकलन अभियान सञ्चालन गरिएको थियो।

उक्त अभियानअन्तर्गत भाद्र २६ गते अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ करोड रुपैयाँ हस्तान्तरण गरिएको प्याब्सनले जनाएको छ ।

Royal Enfield
nic asia capital

यस्तै, असोज ७ गते शिक्षा मन्त्री सस्मित पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड ३९ लाख २ हजार ९ सय ७० रुपैयाँ हस्तान्तरण गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा पूर्ण क्षति भएका तीन तथा आंशिक क्षति भएका दुई विद्यालयका लागि २ करोड रुपैयाँ छुट्याइएको प्याब्सनले जनाएको छ। यस्तै, प्याब्सनका सदस्य विद्यालयहरूले सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड ५० लाख रुपैयाँ जम्मा गरेका छन्।

प्याब्सनले शिक्षा क्षेत्रको विकाससँगै राष्ट्रिय विपत्ति तथा संकटका समयमा राज्य र नागरिकसँग सहकार्य गर्दै सहयोग गर्दै आएको जनाएको छ ।

आगामी दिनमा बाढी प्रभावित क्षेत्रका पठनपाठनबाट वञ्चित बालबालिकाको शिक्षाको निरन्तरताका लागि आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउनसमेत प्रतिबद्ध रहेको प्याब्सनले जनाएको छ।

राहत अभियानमा सहयोग गर्ने सदस्य विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति प्याब्सनले आभार व्यक्त गरेको छ । 

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?