National life

''गुणस्तरीय औषधि उत्पादन र फार्मेसी सेवा विस्तारका लागि नीतिगत सुधार आवश्यक''

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ असोज २०८३, शुक्रबार
422Shares
''गुणस्तरीय औषधि उत्पादन र फार्मेसी सेवा विस्तारका लागि नीतिगत सुधार आवश्यक''
ncell

काठमाडौं । नेपाल फार्मेसी संघका केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज भुसालले नेपालमा गुणस्तरीय फार्मेसी सेवा तथा औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा नीतिनियममा आवश्यक सुधार गर्नुपर्ने बताएका छन् ।

विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी संघले संघीय सांसदहरूसँग आयोजना गरेको नीतिगत छलफल कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भुसालले स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुकूल बनाउन नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपालमा गुणस्तरीय फार्मेसी सेवा र औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा नीतिनियममा आवश्यक सुधार गर्न जरुरी छ। स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुकूल बनाउन नीतिगत र कानुनी सुधारसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिनुपर्छ ।’

Royal Enfield
nic asia capital

उनले कम्युनिटी फार्मेसी, अस्पताल फार्मेसी, औषधि उद्योग तथा शैक्षिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा फार्मासिस्टको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । नागरिकलाई गुणस्तरीय फार्मेसी सेवा उपलब्ध गराउन गुणस्तरीय शिक्षा र सेवासँगै फार्मेसी क्षेत्रलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष भुसालले विद्यमान ऐन, कानुन तथा नीतिनियममा रहेका समस्या पहिचान गरी तिनको समाधानका लागि सांसदहरूसँग नीतिगत छलफल गरिएको बताए । 

कतिपय विद्यमान कानुन कार्यान्वयनमा समस्या रहेको र आगामी दिनमा बन्ने ऐन तथा कानुनमा समेत फार्मेसी क्षेत्रका वास्तविक समस्या सम्बोधन गर्न आवश्यक रहेको उनले बताए ।

 ‘नागरिक र देशसँग प्रत्यक्ष जोडिएका समस्यालाई सम्बोधन गरेर गुणस्तरीय शिक्षा, गुणस्तरीय औषधि र गुणस्तरीय फार्मेसी सेवाका लागि कानुनी, सैद्धान्तिक र वैज्ञानिक आधार तयार गर्न आवश्यक छ,’ भुसालले भने ।

नेपालमा हाल ५० प्रतिशतभन्दा बढी औषधि स्वदेशी उद्योगले उत्पादन गरिरहेको उल्लेख गर्दै उनले नेपाली औषधि उद्योगले आयात प्रतिस्थापनसँगै रोजगारी सिर्जनामा समेत योगदान गरिरहेको बताए । नेपालका औषधि उद्योगले गुणस्तरीय औषधि उत्पादन गरिरहेको भन्दै उनले स्वदेशी उद्योगलाई थप प्रोत्साहन गर्न सरकारसँग आग्रह गरे ।

पछिल्लो समय नेपालमा विशेष प्रकारका औषधिको उत्पादनसमेत सुरु हुन थालेको भन्दै भुसालले आन्तरिक बजारमा आवश्यक पर्ने थप औषधि स्वदेशमै उत्पादन गर्न सहज वातावरण निर्माण गर्नुपर्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
422SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?