National life

फोहोर व्यवस्थापन अनिश्चित बनेपछि महानगरको सूचना, घरमै सुरक्षित राख्न आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ असोज २०८३, शुक्रबार
352Shares
फोहोर व्यवस्थापन अनिश्चित बनेपछि महानगरको सूचना, घरमै सुरक्षित राख्न आग्रह
ncell

काठमाडौं । अविरल वर्षाका कारण फोहोर विसर्जनस्थलमा समस्या उत्पन्न भएपछि काठमाडौं महानगरपालिकाले नगरवासीलाई केही समय घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै निरन्तरको वर्षाका कारण फोहोर सङ्कलन तथा ढुवानी कार्य प्रभावित हुने जनाएको हो।

महानगरका अनुसार पछिल्लो समय परेको लगातारको वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोको समस्या देखिएको छ। यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको ल्यान्डफिल साइटमा समेत परेको छ।

Royal Enfield
nic asia capital

ल्यान्डफिल साइटमा पहिरो जानुका साथै माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर व्यवस्थापनमा अवरोध भएको महानगरले जनाएको छ। लेदो र माटो थुप्रिएपछि फोहोर बोकेका सवारीसाधनलाई ल्यान्डफिल साइटसम्म पुग्न तथा फोहोर विसर्जन गर्न कठिनाइ भएको छ।

प्राकृतिक तथा प्राविधिक समस्याका कारण नियमित फोहोर सङ्कलन र ढुवानी कार्य केही समयका लागि प्रभावित हुने महानगरले स्पष्ट पारेको छ।

महानगरले फोहोर सङ्कलन नियमित नहुन्जेलसम्म घर, पसल, व्यवसाय तथा कम्पाउन्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, खुला स्थान वा खोलानालामा नफाल्न आग्रह गरेको छ। सम्भव भएसम्म फोहोर आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा भण्डारण गर्न महानगरले अनुरोध गरेको छ।

त्यस्तै, फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न सड्ने अर्थात् जैविक र नसड्ने फोहोर अनिवार्य रूपमा छुट्टाछुट्टै राख्नसमेत महानगरले आग्रह गरेको छ।

सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाका बेला पानी निकास हुने ढल तथा नाला बन्द हुन सक्ने महानगरले जनाएको छ। यसले बाढी तथा डुबानको जोखिम थप बढाउने भएकाले नगरवासीलाई विशेष सावधानी अपनाउन महानगरले अनुरोध गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
352SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?