National life

प्रधानमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, जलवायुजन्य विपद् र लगानीबारे छलफल

राहत–पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ दिन अगाडि|३१ भदौ २०८३, बुधबार
972Shares
प्रधानमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, जलवायुजन्य विपद् र लगानीबारे छलफल
ncell

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा नेपालमा आएको विपद्, जलवायु परिवर्तन, पर्यटन तथा अमेरिकी सहयोगलगायतका विषयमा छलफल भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शाहले हालैको विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता घटनाको सामना गर्नुपरेको बताउनुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उहाँले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा त्यसबाट हुने क्षति सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, प्रधानमन्त्री शाहले नेपालको पर्यटन क्षेत्रमा रहेको सम्भावनाबारे चर्चा गर्दै पर्यटन विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा अमेरिकी लगानीको सधैँ स्वागत गरिने धारणा राख्नुभयो ।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नुभयो ।

उहाँले विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराउनुभयो ।

यो समाचार शेयर गर्नुहोस्
972SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?