काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन् । प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
छोटो अवधिका लागि न्यूयोर्क जान लागेका प्रधानमन्त्री शाहले यसपटक भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षति र त्यससँग जोडिएको जलवायु परिवर्तनको असरबारे संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो । तर भोटेकोशी बाढीबाट ठूलो क्षति भएपछि प्रधानमन्त्री शाह स्वयं नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका हुन् ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा जाने नेपाली प्रतिनिधिमण्डलमा करिब १० जना सहभागी हुने बताइएको छ ।
































