काठमाडौं । नेपालमा सम्पन्न PMGO २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको 4Thrives Esports ले जितेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै 4Thrives Esports ले कुल २०९ अंक हासिल गरी उपाधि विजेता बनेको हो।
काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एशियाका उत्कृष्ट PUBG Mobile Esports टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । रोमाञ्चक प्रतिस्पर्धाबीच 4Thrives Esports ले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो।
प्रतियोगितामा नेपालको T2K Esports टोलीले दोस्रो स्थान हासिल गर्दा Horaa Esports ले तेस्रो स्थान प्राप्त गरेको छ । नेपालमा ई–स्पोट्र्सको विकास र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्सट्रीम इनर्जी ड्रिंकले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको थियो। युवा पुस्ताको ऊर्जा, जोश र प्रतिस्पर्धात्मक भावनासँग जोडिएको एक्सट्रीमले नेपालमा ई–स्पोट्र्सका लागि थप ऊर्जा प्रदान गर्दै नयाँ प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न निरन्तर साथ दिँदै आएको छ ।
PMGO २०२६ सिजन २ दक्षिण एशिया फाइनलजस्ता अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताले नेपाली ई–स्पोट्र्स खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव लिन तथा आफ्नो प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेकोछ ।
एक्सट्रीम इनर्जी ड्रिंकले ई–स्पोट्र्सलाई केवल मनोरञ्जनको क्षेत्रका रूपमा नभई युवा प्रतिभा, सीप र प्रतिस्पर्धात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने सम्भावनायुक्त क्षेत्रका रूपमा हेर्दै आएको छ ।
नेपाली ई–स्पोट्र्स समुदाय र युवा खेलाडीहरूको यात्रामा साथ दिने उद्देश्यसहित एक्सट्रीमले आगामी दिनमा पनि ई–स्पोट्र्स संस्कृति, युवा प्रतिभा र प्रतिस्पर्धात्मक गेमिङको विकासमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।






































