National life

सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ

जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदैगर्दा केही सर्वसाधारणले आशा जीवितै रहेपनि असन्तुष्टि भने व्यक्त गरेका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
११ दिन अगाडि|२३ भदौ २०८३, मङ्गलबार
1KShares
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ
ncell

काठमाडौं । एक वर्षअघि भदौ २३ र २४ गते सडकमा उत्रिएर परिवर्तनको माग गरेका युवाहरु एक बर्षपछि सोही दिनलाई स्मरण गरिरहेका छन् ।

बढ्दो भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध सडकमा उत्रिएर जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसपछिका एक वर्षलाई सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन् ।

जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदैगर्दा केही सर्वसाधारणले आशा जीवितै रहेपनि असन्तुष्टि भने व्यक्त गरेका छन् । उनीहरुले आन्दोलनको उद्देश्य पूरा हुन नसकेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आन्दोलनको बर्ष दिनका अवसरमा आयोजित जेनजी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रम क्षेत्र वानेश्वरमा भेटिएका राजकुमार भट्टराईले आमाको काख रित्तो बनाउने तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई आजीवन कारावास राख्नुपर्ने बताए । उनले कांग्रेस, एमाले र माओवादीको पछाडि नलागी बालेन्द्र शाहलाई साथ दिन आग्रह गरे ।

अर्की पेमा लामाले एक बर्षमा सोचेअनुसार परिवर्तन हुन नसकेको बताउँदै पार्टी पुरानो भएपनि नयाँ व्यक्तिहरु आएको बताइन । उनले राजनीतिक दलमात्रमा समस्या नभइ प्रबृत्तिमा समस्या रहेको औंल्याइन् । 

वानेश्वर क्षेत्रमा भेटिएका अर्का बोधविक्रम पन्तले हरेक आन्दोलनबाट नयाँ नयाँ पार्टी र नेता स्थापित भएपनि उद्देश्य पूरा नभएको बताए । उनले सरकारले बनाएका उच्च स्तरीय आयोगहरुले तयार गरेको प्रतिवेदन लुकाइने गरेको बताउँदै जेनजी आन्दोलनको उद्देश्य पूरा हुन नसकेको बताए ।  

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?