National life

राहदानी विभागअगाडि बसमा आगलागी, ड्राइभरको सिटनजिकैबाट आगो लागेको आशंका

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०५ असोज २०८३, सोमबार
509Shares
राहदानी विभागअगाडि बसमा आगलागी, ड्राइभरको सिटनजिकैबाट आगो लागेको आशंका
ncell

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनलाइ उपचारका लागि बर्न अस्पताल लगिएको सुवेदीले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए ।

साथै एक प्रत्यक्षदर्शीका अनुसार बस आगलागी भएको देखिएपनि कारण खुल्न सकेको छैन् ।

कसरी आगलागी भयो भन्नेबारे थाहा नभएको ति प्रत्यक्षदर्शीले नेपाल न्यूज बैंकसँग बताए । ड्राइभरको सिट नजिकैबाट आगलागी भएको देखिएको उनले बताए । आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणसमेत आउन बाँकी रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?