National life

संविधान संशोधनको बहस चर्काउँदै राष्ट्रिय मुक्ति पार्टी, देशभर अभियान चलाउने

असन्तुष्ट समुदायका सवालमा देशव्यापी बहस गर्ने राष्ट्रिय मुक्ति पार्टीको घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०५ असोज २०८३, सोमबार
456Shares
संविधान संशोधनको बहस चर्काउँदै राष्ट्रिय मुक्ति पार्टी, देशभर अभियान चलाउने
ncell

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधन र असन्तुष्ट समुदायका सवालबारेको बहसलाई देशव्यापी रूपमा अघि बढाउने निर्णय गरेको छ । असोज ३ गते आयोजित ‘संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रियाको समीक्षा गर्दै पार्टीले यस्तो निर्णय गरेको हो ।

संविधान दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा संविधान संशोधन तथा विभिन्न समुदायका सवालबारे विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुन व्यवसायी, सामाजिक अभियन्ता तथा युवा प्रतिनिधिले धारणा राखेका थिए । पार्टीका अनुसार कार्यक्रममा उठेका विचार तथा सुझावलाई आगामी अभियानका लागि दस्तावेजीकरण गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा जनता समाजवादी पार्टीका उपाध्यक्ष राजकिशोर यादव, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, प्रा. डा. निर्मलमणि अधिकारी, बुद्धछिरिङ मोक्तान, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, समिम मिया अन्सारी, संविधान सभा सदस्य रामकुमार शर्मालगायत सहभागी थिए ।

पार्टीले अन्तरक्रियामा विभिन्न क्षेत्रका प्रतिनिधिबाट आएका सुझाव तथा धारणालाई आधिकारिक रूपमा अभिलेखीकरण गर्ने निर्णयसमेत गरेको छ । त्यसकै आधारमा संविधान संशोधनसँग सम्बन्धित बहसलाई विभिन्न जिल्ला तथा क्षेत्रमा पुर्‍याउने तयारी गरिएको जनाएको छ ।

पार्टीका महासचिव सन्तोष मेहताका अनुसार अन्तरक्रियाबाट उठेका विषयको सान्दर्भिकता कायम रहेकाले यसलाई देशभर अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो । उनले विभिन्न क्षेत्रबाट आएका विचार र सुझावलाई समेटेर आगामी कार्यक्रम अघि बढाइने जानकारी दिए ।

संविधान संशोधनको विषयमा पछिल्लो समय विभिन्न राजनीतिक दल तथा समूहले आ–आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् । सरकारले पनि संविधान संशोधनसम्बन्धी बहस अघि बढाइरहेको सन्दर्भमा यस विषयमा राजनीतिक तथा सार्वजनिक बहस जारी छ ।

यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?