काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण ‘अपर त्रिशूली–३ए’ जलविद्युत् आयोजनामा फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएका मध्ये ३० वर्षीय सञ्जय साह सप्तरीको कोइलाडी–८ निवासी हुन्। उनी अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा फोरम्यान (मेकानिकल)का रूपमा कार्यरत थिए।
त्यस्तै, आयोजनाको स्वचालन परियोजनामा कार्यरत ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबिर महर्जनको पनि जीवितै उद्धार गरिएको छ।
उनी काठमाडौंको बालकुमारी–३ निवासी हुन्।
उद्धार गरिएका दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।


































