National life
cg eloctronics

देशको प्रधानमन्त्री बन्नुस्, जनताको पक्षमा गम्भीर हुन सिक्नुस् : एमाले सांसद सिद्धिकी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१८ असार २०८३, बिहिबार
852Shares
देशको प्रधानमन्त्री बन्नुस्, जनताको पक्षमा गम्भीर हुन सिक्नुस् : एमाले सांसद सिद्धिकी
ncell

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिद्धिकीले प्रतिनिधि सभा नियमावली, २०८३ ले प्रत्येक सांसदलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अधिकार दिएको उल्लेख गर्दै उक्त व्यवस्थाले सरकारलाई जवाफदेही, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन्।

प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले भनिन्, ‘प्रधानमन्त्री सडकको होइन, देश र नेपाली जनताको प्रधानमन्त्री हो। उहाँ संसदमा आएर देशको गरिमा र जनताको सम्मानका विषयमा स्पष्ट धारणा राख्नुपर्छ। देश र जनताको पक्षमा गम्भीर हुन सिक्नुस् प्रधानमन्त्रीज्यू।’ 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले सांसदहरूले सरकारलाई खबरदारी गर्नु मात्र नभई सरकारलाई सफल र बलियो बनाउन पनि भूमिका खेल्ने बताउँदै संसदप्रति सरकारको उत्तरदायित्व कमजोर बन्दै गएको टिप्पणी गरिन्।

सिद्धिकीले वर्तमान सरकारले गरेका काम शतप्रतिशत सफल भएको दाबी गर्न नसकिने भन्दै जनताले पाउनुपर्ने मौलिक हक, सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य कार्यान्वयनमा सरकार चुकेको आरोप लगाइन्।

उनले भनिन्, ‘हाल सरकारले गरेका सबै काम १०० प्रतिशत सफल छन् त ? जनताले पाउनुपर्ने मौलिक हकको पूर्ण प्रत्याभूति भएको छ त ? एउटा सांसदको दृष्टिले हेर्दा सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यअनुसार अघि बढिरहेको देखिँदैन।’

उनले एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलमाथि भइरहेको अनुसन्धानको प्रसंग उठाउँदै पर्याप्त प्रमाणबिना म्याद थप्दै अनुसन्धान गर्नु उचित नभएको दाबी गरिन्। प्रमाण फेला नपरे सरकारले उनको सम्मान र मानहानीको जिम्मेवारी लिन सक्ने हो कि होइन भन्ने प्रश्न पनि उनले गरिन्।

उनले भनिन्, ‘प्रमाणबिना म्याद थप्दै अनुसन्धान अघि बढाउनु उचित होइन। यदि कुनै प्रमाण फेला परेन भने उहाँको सम्मान र मानहानीको जिम्मेवारी सरकारले कसरी लिन्छ ?’

सिद्धिकीले प्रधानमन्त्रीका पछिल्ला सार्वजनिक अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै ती भनाइ देशको हितअनुकूल नरहेको दाबी गरिन्। 

यो समाचार शेयर गर्नुहोस्
852SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?