National life

बुढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२५ असोज २०८३, आइतबार
319Shares
बुढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह
ncell

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा पुर्याएको असरप्रति दुःख व्यक्त गरेका छन् ।

देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बुढीगण्डकी र त्रिशूली नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘आज बिहान गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले नदि किनाराका वस्तीमा पारेको असरको खबरले दुःखीत भएको छु । बुढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले विपद्को यस समयमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।

बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण नदी किनारका बस्ती तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भइरहेका बेला देउवाले प्रभावित क्षेत्रका नागरिकको सुरक्षामा ध्यान दिन आग्रह गरेका हुन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
319SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?