काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि ६ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयले शैक्षिक योग्यता, कार्य अनुभव तथा व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारमध्ये ६ जनाको वर्णानुक्रम अनुसार संक्षिप्त सूची सार्वजनिक गरेको हो।
संक्षिप्त सूचीमा पिताम्बर भण्डारी (गुल्मी), प्रताप सुवेदी (काठमाडौं), महेश रिमाल (काठमाडौं), विक्रान्त आचार्य (काठमाडौं), समता पन्त (काठमाडौं) र सुमन कुमार अधिकारी (काठमाडौं) रहेका छन्।
छनोटमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबारमा हुने समितिले जनाएको छ।
निर्धारित कार्यतालिकाअनुसार पिताम्बर भण्डारीको अन्तर्वार्ता असोज १ गते दिउँसो ३ बजे, प्रताप सुवेदीको ३:४५ बजे र महेश रिमालको ४:३० बजे हुनेछ।
त्यस्तै, असोज २ गते विक्रान्त आचार्यको दिउँसो ३ बजे, समता पन्तको ३:४५ बजे र सुमन कुमार अधिकारीको ४:३० बजे अन्तर्वार्ता हुने छ।
अर्थ मन्त्रालयले भदौ १९ गते पहिलोपटक सूचना प्रकाशित गर्दै कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि आवेदन माग गरेको थियो।



































