National life

सिद्धबाबा सुरूङ अन्तिम चरणमा, सञ्चालन मिति कात्तिकसम्म सारियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१२ साउन २०८३, मङ्गलबार
814Shares
सिद्धबाबा सुरूङ अन्तिम चरणमा, सञ्चालन मिति कात्तिकसम्म सारियो
ncell

काठमाडौं । पाल्पामा निर्माणाधीन सिद्धबाबा सुरूङमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ। आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६३ प्रतिशत रहेको छ। निर्माण टोलीले सुरूङभित्रका मुख्य संरचनात्मक कामहरू लगभग सकिसकेको र अब फिनिसिङका कामलाई प्राथमिकता दिइरहेको जनाएको छ।

आयोजनाले आगामी कात्तिक मसान्तसम्म सवारी सञ्चालन गर्ने लक्ष्य राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि असोजमै सञ्चालन गर्ने योजना भए पनि निर्माण सामग्री आपूर्तिमा समस्या आउँदा समय एक महिना पछि सारिएको हो। इन्जिनियर निशा बेल्वासेले अब काम तीव्र बनाइएको र निर्धारित समयमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएकी छन्।

यो परियोजना सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल खण्डको जोखिमपूर्ण सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको हो। २०७८ सालमा सम्झौता भए पनि वास्तविक निर्माण कार्य पछि मात्र सुरु भएको थियो। हाल मुख्य सुरूङको सिभिल संरचना पूरा भइसकेको छ र विद्युतीकरण तथा प्रवेशद्वार निर्माण भइरहेको छ।

निर्माण कम्पनीले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसक्ने भएपछि थप १५ महिना समय दिइएको छ। सुरूङ सञ्चालनमा आएपछि बाहिरी सडक सुधार, बाइपास मार्ग तथा पहिरो नियन्त्रणका कामहरू अघि बढाइनेछन्। करिब १.१ किलोमिटर लम्बाइको यस सुरूङमार्ग निर्माणका लागि झन्डै ७ अर्बभन्दा बढी लागत तय गरिएको छ।

यो परियोजना सम्पन्न भएपछि सिद्धार्थ राजमार्गको जोखिमयुक्त खण्ड सुरक्षित हुने र तराई तथा पहाडी जिल्लाबीचको यात्रा सहज हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
814SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?