National life
cg eloctronics

सुनकोशी मरिण आयोजनाको ठेक्का विवाद चर्कियो, दुई उच्च अधिकारी नियन्त्रणमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|१३ कात्तिक २०८३, शुक्रबार
1.5kShares
सुनकोशी मरिण आयोजनाको ठेक्का विवाद चर्कियो, दुई उच्च अधिकारी नियन्त्रणमा
muktinatha bikash bank

काठमाडौं । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी विवादमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ।

प्रहरीले बिहीबार रजौरियालाई सिरहाको लहानबाट र सहसचिवसमेत रहेका आयोजना प्रमुख रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको थियो। काठमाडौं ल्याइएपछि उनीहरूलाई प्रहरी कार्यालयमा नराखी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको प्रहरी स्रोतले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुवै जनालाई सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा नियन्त्रणमा लिइएको हो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सनको ठेक्का यसअघि एकपटक रद्द भइसकेको थियो। त्यसपछि आयोजनाले पुनः नयाँ ठेक्का प्रक्रिया अघि बढाएको थियो।

पछिल्लो ठेक्का प्रक्रियामा तीन चिनियाँ कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन्। योग्य हुनेमा चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन बेइजिङ, एन्नेङ–आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड रहेका छन्।

everest bank

आयोजनाले यी कम्पनीको आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया अघि बढाइसकेको थियो। त्यसका लागि कात्तिक १६ गतेको मिति तय गरिएको थियो।

तर, यहीबीच प्रधानमन्त्रीको सचिवालयबाट वर्तमान ठेक्का प्रक्रिया पुनः रद्द गरी नयाँ प्रक्रिया सुरु गर्न दबाब आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूले बताएका छन्।

ठेक्का प्रक्रिया निर्णायक चरणमा पुगेका बेला विभागका महानिर्देशक र आयोजना प्रमुखलाई नियन्त्रणमा लिएपछि सुनकोशी मरिण आयोजनाको खरिद प्रक्रिया थप विवादमा परेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?