National life

तरलता व्यवस्थापनमार्फत ब्याजदर स्थिर राख्ने योजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
956Shares
तरलता व्यवस्थापनमार्फत ब्याजदर स्थिर राख्ने योजना
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घट्न नदिने रणनीति अवलम्बन गरेको छ। मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले निक्षेपकर्ताको हितलाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था ल्याएको हो।

आर्थिक अवस्थाले ब्याजदर अझै घट्ने सम्भावना रहे पनि राष्ट्र बैंकले अत्यधिक तरलता आफूले उच्च ब्याजदरमा अवशोषण गर्ने नीति लिएको छ। यसले बजारमा ब्याजदर अत्यधिक तल झर्न नदिई बचतकर्तालाई न्यूनतम प्रतिफल सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, बैंकिङ क्षेत्रमा संरचनात्मक सुधारलाई प्राथमिकता दिँदै पूँजी परिचालन लागत घटाउने, संस्थाको आकार र प्रकृतिअनुसार विशेषीकृत बैंकिङ सेवा विकास गर्ने योजना अघि सारिएको छ।

राष्ट्र बैंकले शाखा विस्तार र बन्द प्रक्रियामा लचकता ल्याउने, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने तथा कालोसूचीमा पर्ने व्यक्तिको संख्या घटाउने उपायहरू पनि समावेश गरेको जनाएको छ।

समग्रमा, नयाँ नीतिले बैंकिङ प्रणालीलाई स्थिर, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
956SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?