National life

सिटिजन लाइफ इन्स्योरेन्सले आइतबारदेखि आइपीओ बिक्री खुल्ला गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
437Shares
सिटिजन लाइफ इन्स्योरेन्सले आइतबारदेखि आइपीओ बिक्री खुल्ला गर्दै
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आइतबारदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आइपिओ निष्कासन गर्न लागेको हो। इन्स्योरेन्सले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि र बाँकी रहेको १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले बताएको छ । कुल निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीको भनाइ छ । उक्त आइपिओमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल मार्केट रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?