काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धमा गोली चलाएको छ । बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीले उक्त टोलीमाथि नै जाइलागेपछि गोली चलाएको बताइएको छ।
एक अधिकारीका अनुसार सिन्धुली घर भएका एक युवक घाइते भएका छन् ।
प्रहरीले गोली हानेर एकजना लुटेरालाई नियन्त्रणमा लिएको छ ।

































