National life
cg eloctronics

गोलबजारका तत्कालीन मेयर–उपमेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
1KShares
गोलबजारका तत्कालीन मेयर–उपमेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
muktinatha bikash bank

काठमाडौं । सिराहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का प्रक्रियामा अनियमितता गरी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख देवनाथ साहु तेली र उपप्रमुख रेशम कुमारी थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुदरी हाटबजारको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा मंगलबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

मुद्दा दायर गरिएकामा तत्कालीन नगर प्रमुख तेली, उपप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो तथा तत्कालीन राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी छन्। हाटबजारका ठेकेदार वीरेन्द्रकुमार यादवलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अख्तियारका अनुसार प्रतिवादीहरूले हाटबजारको ठेक्का व्यवस्थापनमा अनियमितता गरी १ करोड ६० लाख ११ हजार ४३१ रुपैयाँ हिनामिना गरेको आरोप छ।

तत्कालीन नगर प्रमुख तेली, उपप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, राजस्व शाखा प्रमुख सहनी र ठेकेदार यादवविरुद्ध १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ बिगो माग गरिएको छ।

त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोविरुद्ध १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ बिगो माग गरिएको आरोपपत्रमा उल्लेख छ।

everest bank

आयोगका अनुसार नगरपालिकाको आर्थिक ऐन तथा प्रचलित कानुनविपरीत २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरिएको थियो। पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको ठेक्का प्रतिस्पर्धाबिना सोझै ठेकेदार यादवलाई दिइएको आरोप पनि उनीहरूमाथि लगाइएको छ।

त्यसैगरी, हाटबजारबाट संकलन भएको रकम नगरपालिकाको सञ्चित कोषमा दाखिला गराउनुपर्नेमा असुली नगरी १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ।

उक्त प्रकरणमा प्रतिवादीहरूविरुद्ध बिगो असुल तथा कानुनअनुसार कारबाहीको माग गर्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?