काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात उनीहरुलाई पक्राउ गरेको हाे ।
जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट उनीहरुलाई प्रक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

































