काठमाडौँ । दोलखामा ४ किलो सुन बरामद भएको छ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको हाे ।
दोलखाका डिएसपी दीपक खड्काका अनुसार सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको हाे ।
सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएकाे उनले बताए ।
उक्त सुन कारोबारमा संलग्न ३ जनालाई इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

































