National life

वैदेशिक रोजगारीमा टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने एक महिला पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
542Shares
वैदेशिक रोजगारीमा टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने एक महिला पक्राउ
ncell

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेल पक्राउ परेकी हुन् ।

भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए । भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाई पीडितबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारबाहीका लागि वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा सीआईबीको टोलीले भुजेललाई आसोज ६ गते पोखराबाट पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिई ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?