National life

क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोप, १० लाख ८५ हजार नगद बरामद

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|३० भदौ २०८३, मङ्गलबार
1.2kShares
क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ
ncell

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब २ बजे क्यासिनोमा छापा मार्दा नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार क्यासिनोबाट जुवा खेल्न प्रयोग भएका मोबाइल ९ थान, ५० हजार रुपैयाँ अंकित क्वाइन ८ थान, १० हजार रुपैयाँ अंकित क्वाइन १९ थान, १ हजार रुपैयाँ अंकित क्वाइन ८८ थान र १०० रुपैयाँ अंकित क्वाइन ५ थान बरामद गरिएको छ।

त्यस्तै, क्यासिनोबाट नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पक्राउ परेका ११ जनालाई जुवासम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएको थियो। उनीहरूमाथि अनुसन्धान गर्न प्रशासन कार्यालयबाट २ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?