National life

नेप्सेको आरोलो यात्रा कायमै, शेयर बजार उच्च अंकले घट्दा १९८ कम्पनीको शेयर मुल्य घट्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
610Shares
नेप्सेको आरोलो यात्रा कायमै, शेयर बजार उच्च अंकले घट्दा १९८ कम्पनीको शेयर मुल्य घट्याे
ncell

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से २८.४० अंकले घटेर दुई हजार १९.८५ विन्दुमा बन्द भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज २२ कम्पनीको शेयर मुल्य बढेको छ भने १९८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २६५ कमपनीको ४८ लाख ६० हजार ७४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज पनि आईएमई लाइफको नै सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज शिवम् सिमेन्ट, एभरेष्ट बैंक,सिइडिबी हाइड्रोपावरको शेयर सर्वाधिक कारोबार भएको छ ।

शेयर बजार उच्च अंकले घटेपनि नेपाल रिपब्लिक मिडियाको शेयरमूल्यमा आजपनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज स्वरोजगार लघुवित्तको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।

यसका साथै, आज पिपल्स पावर, एनआईबिएल प्रगति फण्ड, सपोर्ट माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

आज ग्लोबल आईएमई डिभेञ्चारका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ ।

त्यस्तै, गुर्खाज फाइनान्स, विजय लघुवित्त, सबैको लघुवित्त, एनआईबिएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ

 

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?