काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३.२० अंकले घटेर १,९९७.१० को विन्दुमा कायम भएको छ ।
आज १० कम्पनीको शेयर मुल्य बढेको छ भने २२० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २८४ कम्पनीको ६७ लाख ४३ हजार ४ सय कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८३ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सिटिजन लाइफ यनस्योरेन्सको शेयर कारोबार भएको छ । आजबाट कारोबारमा आएको सिटिजन लाइफको आज सर्वाधिक १४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ यनस्योरेन्स कम्पनीको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको चार करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, कुमारी धनबृद्धि योजनाको ६.०५ प्रतिशत, बाराही हाइड्रोपावरको ५.९५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ५.९३ प्रतिशत लगायत जम्मा १० कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फण्ड, अपर हेवाखोला, एशियन हाइड्रोपावर मनकामना इन्जिनियरिङ र सिटिजन लाइफ इनस्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।




































