काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार नेप्से परिसूचक आज १८.४५ अंकले बढेर २,०२२.९१ को विन्दुमा कायम भएको छ ।
आज १९० कम्पनीको शेयर मुल्य बढेको छ भने ३९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ३४ लाखको शेयर कारोबार भएको छ । सन नेपाल लाइफको ७ करोड ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, हिमाल दोलखा, नागरिक लगानीकोष, अपी पावर, सिद्धार्थ प्रिमियम, अरुण काबेली र घोराही सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।
आज सबैभन्दा धेरै मच्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियररिङका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शुभम पावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसका साथै, आज स्वाभिमान लघुवित्त, घलेमी हाइड्रोसहितको शेयरमूल्य बढेको छ ।
आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै, आज थ्रीस्टार हाइड्रोपावर, लक्ष्मी भ्यालु फण्ड २, गणपति लघुवित्त, आशा लघुवित्त लगायत कम्पनीको शेयरमूल्य घटेको छ ।




































