काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ५.१३ अंकले बढेर २,०६६.०५ को विन्दुमा कायम भएको छ ।
आज १०५ कम्पनीको शेयर मुल्य बढेको छ भने १०८ कम्पनीको शेयर मुल्य घटेको छ ।
त्यस्तै आज २६९ कम्पनकिो ५५ लाख ३ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीको ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ८ करोड ४० लाखमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९.०९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सिगंटी हाइड्रोपावर, स्वितगंगा हाइड्रोपावर, नबिल इक्युटी फण्ड, सोल्टी होटल लगायतको शेयरमूल्य बढेको छ ।
आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६.५३ प्रतिशतका दरले गुमाएका हुन् ।
त्यस्तै, आज सुपरमादी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, एशियन हाइड्रोपावर लगायत कम्पनीको शेयरमूल्य घटेको छ ।




































