National life

शेयर बजारमा सामान्य अंककाे गिरावट, १२९ कम्पनीको शेयर मुल्य घट्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
516Shares
शेयर बजारमा सामान्य अंककाे गिरावट, १२९ कम्पनीको शेयर मुल्य घट्याे
ncell

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.८९ अंकले घटेर २,००४.४५ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ९२ कम्पनीको शेयर मुल्य बढेको छ भने १२९ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेक सबै घटेका छन् ।

आज दिनभरिमा २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको ६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआईसी एशिया बैंकको चार करोड, शिवम् सिमेन्टको तीन करोड, हिमाल दोलखा हाइड्रोपावरको तीन करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै शुभम पावर र थ्रि स्टार हाइड्रोपपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, अप्पर लोहोरे खोलाको शेयरमूल्य ९.९०, स्वरोजगार लघुवित्त विकासको ७.७२ प्रतिशतले घटेको छ । भने एनएमबि माइक्रोफाइनान्स वित्तीय संंस्था, माच्छापुच्छ्रे बैक, आरएसडीसी लघुवित्त, यूनियन हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया तथा विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?