National life

साताको अन्तिम दिन शेयर दोहोरो अंकले घट्यो, १ अर्ब ७० करोडमाथिको शेयर कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
593Shares
साताको अन्तिम दिन शेयर दोहोरो अंकले घट्यो,  १ अर्ब ७० करोडमाथिको शेयर कारोबार
ncell

काठमाडौं । साता कारोबार अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार आज २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital

आज २३ कम्पनीको शेयर मुल्य बढेको छ भने २१० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोडमाथिको शेयर कारोबार भएको छ ।

बिहीबार लक्ष्मी सनराइज बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १६ करोड ३८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । यसका साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पाँच करोड चार लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको चार करोड, सिद्धार्थ बैंकको तीन करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हाथवे इन्भेटमेन्टका लगानकिर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटी होटल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, बाराही हाइड्रोपावरको ८.१९ र बलेफी हाइड्रोपावरको शेयरमूल्य ८.०५ प्रतिशतले घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?