National life

साताको पहिलो दिन शेयर बजारमा सुधार, १ सय कम्पनीको शेयर मुल्य बढ्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
509Shares
साताको पहिलो दिन शेयर बजारमा सुधार, १ सय कम्पनीको शेयर मुल्य बढ्याे
ncell

काठमाडौं । आज साताको पहिलो दिन (आइतबार) शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १४.८१ अंकले बढेर २,०८०.८६ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १ सय कम्पनीको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको संस्थापक शेयर ५८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । घोराही सिमेन्टको २३ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै सोल्टी होटल, माउन्टेन इनर्जीको धेरै शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै अपर सांङगे हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जीका लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै घोराही सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

nic asia capital

त्यस्तै अभियान लघुवित्त, सिंगटी हाईड्रोपावर, मकर हाईड्रोपावर, श्वेत गंगा, ग्लोबल आइएमई बैंकको ब्यालेन्स फण्ड, नेपाल रिपब्लिक मिडिया, स्वभिमान लघुवित्त, प्रभु बैंकको डिभेञ्चर ८६, मोदी इनर्जीको शेयर मूल्यमा गिरावट आएको छ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?